Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

झुम्का कारागार

उपचारका क्रममा कैदीको मृत्यु

उपचारका क्रममा कैदीको मृत्यु

  • काठमाडौं । सुनसरीको झुम्का कारागारमा एक जना कैदीको मृत्यु भएको छ । आइतबार बिहान करिब ५ः३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी ५३ वर्षीय सुधना सरदार अचेत अवस्थामा भेटिएका थिए ।

    onlinepatrika
    Arghakhachi

    अचेत भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा ६ः१५ बजे सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो ।

    AGNI GROUP

    सरदार पहिलेदेखि नै डाइबिटिजका बिरामी थिए र नियमित रूपमा औषधि सेवन गर्दै आएका थिए । सरदारलाई जिल्ला अदालतको २०८० असोज २ गतेको आदेशानुसार जीउ मास्नेबेच्ने (मानव बेचबिखन) मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय तोकिएको सो सजाय भुक्तानका क्रममा उनी झुम्का कारागारमा रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij