Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

नेता शेर्पा कैदवापत रकम बुझाएर कारागारमुक्त

नेता शेर्पा कैदवापत रकम बुझाएर कारागारमुक्त

  • काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा कैदवापतको रकम बुझाएर कारागारमुक्त भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको आदेशअनुसार कैदवापतको रकम बुझाएपछि उनी डिल्लीबजार कारागारबाट छुटेका हुन् । कैद सजाय रकममा रूपान्तरण गरी तिर्न पाउन माग गर्दै शेर्पाले अदालतमा निवेदन दिएका थिए ।

    AGNI GROUP

    अदालतले सो मागलाई स्वीकार गर्दै रकम तिरेर बाहिर निस्कने अनुमति दिएपछि उनी कारागारमुक्त भएको कारागार प्रशासनले जनाएको छ । शेर्पा १८ कात्तिकमा पक्राउ परेका थिए । उनीविरुद्धको बहुविवाहसम्बन्धी मुद्दामा अदालतले एक वर्ष जेल र पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij