Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । उज्यालो नेपाल पार्टीले केन्द्रीय सदस्यसहितको सूची निर्वाचन आयोगमा बुझाएको छ ।
अनुपकुमार उपाध्याय अध्यक्ष रहने गरी ५१ सदस्यीय उज्यालो नेपाल पार्टीले बुधबार आयोगमा सूची बुझाएको हो ।
पार्टीमा प्रा.डा. महेन्द्र सुन्दर लावती, अभिनेत्री रीमा विश्वकर्मासमेत आबद्ध भएका छन् । त्यस्तै घिसिङको पार्टीमा डा. तारा प्रसाद जोशी, डा. घनश्याम पाण्डे, डा. शंकर ढकाल, डा. तेजनारायण यादव, मन्त्री बन्न रोकिएकी टासी ल्हान्जोम, डा. राजु थापा, डा. विशाल भण्डारी, श्री गुरुङलगायत रहेका छन् । कुलमान घिसिङ आफु भने केन्द्रीय समितिमा पनि बसेका छैनन् ।
कुलमान आफु अहिले मन्त्री रहेकोले केन्द्रीय समितिमा समेत नबसेको बुझिएको छ । उज्यालो नेपाल पार्टी गत साउन २७ गते नै मानबहादुर तामाङको अध्यक्षतामा दर्ता गरिएको पार्टीको केन्द्रीय समिति अध्यावधिकको निवेदन दिइएको बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij