Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग बिदाई भेट गरेका छन् । राजदूत जोन्स्टनले गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री अर्याललाई भेटेर शिष्टाचार विदाई भेट गरेका हुन् ।
भेटका क्रममा मन्त्री अर्याल र राजदूत जोन्स्टनबीच नेपाल र अस्ट्रेलिया रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द भट्टराईले जानकारी दिए ।
साथै मन्त्री अर्यालले राजदूत जोन्स्टनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएका छन् । राजदूत जोन्स्टन सेप्टेम्बर १२ मा नेपालका लागि राजदूत भएर आएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij