Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको बिदाइ

लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको बिदाइ

  • काठमाडौं । लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको बिदाइ गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका (देउखुरी)मा बिहीबार एक कार्यक्रम आयोजना गरेर उनलाई बिदाइ गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    कार्यक्रममा सचिव कवीन्द्र नेपाल र मोतिराज सापकोटाले अधिकारीसँगको सहकार्यको अनुभव सुनाउँदै अधिकारीबाट व्यावसायिक कार्यसम्पादनमा नेतृत्व, सहज व्यवहार र समन्वयको राम्रो उदाहरण स्थापित भएको उल्लेख गरे ।

    AGNI GROUP

    गत वर्ष माघमा लुम्बिनी प्रदेशमा सरुवा भएर आएका अधिकारीको बागमती प्रदेशको प्रमुख सचिवका रूपमा सरुवा भएको हो ।

    बिदाइ कार्यक्रममा बोल्दै प्रमुख सचिव अधिकारीले लुम्बिनी प्रदेश सातवटै प्रदेशमध्ये मोडल प्रदेशका रूपमा स्थापित भएको बताए ।‘यहाँ संस्थागत जग राम्रोसँग बसेको छ’ उनले भने,‘सबै सहकर्मीको सहयोगले प्रदेश सरकारको कार्य सुचारु ढंगले अघि बढिरहेको छ ।’

    उनले ३७ वर्षे सेवा यात्रा पूरा गरी ३८औँ वर्षमा प्रवेश गर्न लाग्दा निष्पक्ष र इमानदार रूपमा कार्यसम्पादन गरेको बताउँदै सबैप्रति आभार व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij