Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

  • काठमाडौं । सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार उच्च अदालत बुटवलमा न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले मिसिल झिकाउने (थप प्रमाण माग गर्ने) आदेश दिएको हो । अदालतले यसअघि जिल्ला अदालतले पठाएको फाइलका साथै सम्बन्धित प्रमाणसमेत माग गर्दै मुद्दाको थप अध्ययन गर्ने तयारी गरेको जनाएको छ ।

    AGNI GROUP

    लामिछाने र जोशीविरुद्ध सहकारी निक्षेपकर्ताको रकम दुरुपयोग तथा ठगी गरेको अभियोगमा मुद्दा दायर भएको छ । उनीहरू हाल न्यायिक हिरासतमा रहेका छन् ।

    मिसिल झिकाउने आदेशसँगै अब उक्त मुद्दाको सुनुवाइ अगाडि बढ्ने र अदालतले दुवै पक्षका तर्कका आधारमा निर्णय गर्ने तयारी गरेको बुझिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij