Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । कपिलवस्तुमा भन्सारमा कागजपत्र मिलाएर छुटेका तीन वटा गाडीलाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु प्रहरीले भारतीय नम्बर प्लेटका तीन वटा गाडीलाई बिलविजकभन्दा बढी मूल्य र परिमाणका सामान बोकेको भन्दै नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार मायादेवी गाउँपालिका वडानम्बर १ बाट बिलविजक भन्दा धेरै सामानसहित तीन वटा भारतीय गाडी नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले इलाका प्रहरी कार्यालय पकडीबाट खटिएका प्रहरी टोलीले युपी ५१ बिटी ३९३२, एचआर ६९ ई ९०३९, र एचआर ५८ बि ८६८७ नम्बरको भारतीय गाडीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिए । चेकजाँच गर्दा बिलविजकभन्दा बढीका सामान फेला परेपछि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको उनले बताए ।
प्रहरीले तीन वटा गाडीबाट ४२ हजार २२० केजी कुखुराको दाना, ४२ हजार केजी बासमती चामल र ४२ हजार केजी सोया डक बरामद गरेको जनाएको छ । बरामद भएका सामानहरूको बजार मूल्य १ करोड ५ लाख १४ हजार रुपैयाँ बराबर छ । प्रहरीका अनुसार ती गाडी चलाउने भारतीय नागरिक हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij