Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । रोयल एनफिल्डले नेपालमा नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबारदेखि टेस्ट राइड र बुकिङ खुलेको घोषणा गरेको हो ।
मनोरञ्जनात्मक यात्रादेखि सहज तथा आरामदायी सफरसम्मका लागि डिजाइन गरिएको मेटिओर ३५०, आफ्नो विशिष्ट क्रूजर डिजाइन, व्यक्तित्व, स्मूद प्रदर्शन र रिल्याक्स्ड राइडिङ पोजिसनका कारण मध्यम आकारका क्रूजर मोटरसाइकल सेग्मेन्टमा सार्वजिनक भएको हो ।
२०२० मा पहिलोपटक बजारमा आएको मेटिओर ३५० ले लामो दूरीका सहज यात्रादेखि शहरी सडकमा सुलभ र भरपर्दो मोटरसाइकलको रूपमा आफ्नो प्रतिष्ठा स्थापित गरिसकेको कम्पनीले जनाएको छ।
यसको नयाँ रूपान्तरणमा, ‘इजी क्रूजर’ चार भेरियन्ट—फायरबल, स्टेलर, ऑरोरा र सुपरनोभा—मा उपलब्ध छ । साथै सात आकर्षक रङ विकल्प र थप सुविधाहरू समावेश छन् ।
लोकप्रिय ३४९ सिसी एयर–कुल्ड जे–सिरीज इन्जिनद्वारा संचालित नयाँ २०२५ मेटिओर ३५० ले अधिकतम २०.२ बीएचपी २ ६१०० आरपीएम र २७ एनएम टर्क २ ४००० आरपीएम प्रदान गर्छ । यो रिफ्रेश्ड रेंज अहिले थप आकर्षक सुविधासहित बजारमा आएको छ। सबै भेरियन्टमा एलईडी हेडलाम्प अब मानक रूपमा उपलब्ध भएकाले यो ३५० सिसी क्रूजर मोटरसाइकल नेपालका लामो दूरीका मोटरसाइकल प्रेमीको प्रमुख रोजाइ बन्न पुगेको छ ।
रोयल एनफिल्डले मेटिओर ३५० लाइनअपलाई नयाँ रङ स्किमहरूसहित पुनः परिकल्पना गरेको छ । आइचर मोटर्स लिमिटेडका म्यानेजिङ डाइरेक्टर तथा रोयल एनफिल्डका मुख्य कार्यकारी अधिकारी बी गोविन्दराजनले भने “२०२० मा मेटिओर ३५० सार्वजनिक भएपछि हामीले ती नयाँ पुस्ताका सवारहरूलाई समेट्यौँ, जो सडकमा आफ्नो छुट्टै पहिचान खोजिरहेका थिए । आज मेटिओर ३५० क्रूजर डिजाइन र रिल्याक्स्ड राइडिङ शैली मन पराउने सवारहरूको पहिलो रोजाइ बनेको छ—चाहे ती छोटो शहरी यात्रा हुन् वा सहर–बाहिरका लामो सफर । मेटिओर ३५० केवल मोटरसाइकल होइन, सहज यात्राको जीवनशैली र खुलेआम सडक अनुभवको प्रतीक हो । हामी नेपालमा यसको अद्यावधिक संस्करण ल्याउन अत्यन्त उत्साहित छौँ, र यो यहाँको बढ्दै गएको समुदायको अनुभवलाई अझ उचाइमा पुर्या उने विश्वास राख्छौँ ।”
६५ भन्दा बढी देशमा बिक्री हुने यो मोटरसाइकललाई मोटरसाइकल विशेषज्ञहरूले “थरब्रेड इजी क्रूजर” को रूपमा मान्यता दिएका छन् । सुरुवाती वर्षमै हासिल गरेको प्रतिष्ठित ‘इन्डियन मोटरसाइकल अफ द इयर २०२१’ पुरस्कार पनि यसको लोकप्रियताको प्रमाण हो ।
भेरियन्टको मूल्य सूची
फायरबल – फायरबल अरेन्ज, फायरबल ग्रे –रु ५,७७,०००
स्टेलर – स्टेलर म्याट ग्रे, स्टेलर म्यारेन ब्लु –रु ५,८७,०००
ऑरोरा – ऑरोरा रेट्रो ग्रिन, ऑरोरा रेड –रु ५,९१,९००
सुपरनोभा – सुपरनोभा ब्ल्याक –रु ५,९७,०००
यसका अतिरिक्त, रोयल एनफिल्डले अब आफ्ना सबै मोटरसाइकलमा ७ वर्षसम्मको विस्तारित वारेन्टी तथा रोडसाइड असिस्टेन्सको सुविधा उपलब्ध गराएको छ । यो योजनाअन्तर्गत मानक ३ वर्ष र ३०,००० किमिको वारेन्टीभन्दा थप ४ वर्ष वा ४०,००० किमि ९जे पहिले पुग्छ० सम्म अतिरिक्त सुरक्षा प्रदान गरिन्छ, जसले प्रत्येक यात्रामा दीर्घकालीन भरोसा र मनको शान्ति सुनिश्चित गर्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij