Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले ५ जनाको आफ्नो स्वकीय सचिवालय विघटन गरेका छन् । संघीय सरकारले सांसद, मन्त्रीहरुका सचिवालय घटाउने निर्णय गरी प्रदेशलाई पत्राचार गरेपछि उनले नैतिकताका आधारमा यसलाई हटाएका हुन् । प्रदेश सभा स्रोतका अनुसार उनले ५ जनाको निजी सचिवालय राखेका थिए ।
सभामुख घर्ती मगरले विज्ञप्ती नै जारी गरेर प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ८ को उपदफा ९१० अनुसार प्रदान हुँदै आएको स्वकीय सचिवालय तथा निजी कर्मचारी सुविधा विशेष परिस्थिति र वर्तमान अवस्थामा आवश्यकतालाई मध्यनजर गर्दै स्थगित गरिएको जनाएका छन् ।
जुन निर्णय सोमबारदेखि लागू भएको छ । तर संघले जारी गरेको सर्कुलरमा सभामुख र उपसभामुखको बारेमा केही उल्लेख छैन तर नैतिकताको आधारमा तत्काललाई हटाएको सभामुख घर्तीले जनाएका छन् ।
घर्तीले सचिवालय हटाएको पत्र आइतबार नै प्रदेश सभामा दर्ता भइसकेको छ । यो पत्रअनुसार कार्तिकसम्मको सुविधा उनीहरुले पाउनेछन् भने मंसिरदेखिको कुनै हिसाब हुनेछैन । प्रदेश सभाका सूचना अधिकारी गिरिराज खनालका अनुसार सभामुखको पत्र आइतबार नै प्रदेश सभामा आइसकेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij