Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

भक्तपुरको राधेराधेमा आगलागी

भक्तपुरको राधेराधेमा आगलागी

ग्यास सिलिन्डरबाट लिकेज हुँदै जाँदा रेगुलेटर र पाइपमा अचानक आगो सल्किएको थियो ।

  • काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९, राधेराधेस्थित राधेराधे स्विट्स मिठाई पसलमा आज ग्याँस लिक भएपछि आगलागी भएको छ । पसलका सञ्चालक हेमराज सिवाकोटीका अनुसार ग्यास सिलिन्डरबाट लिकेज हुँदै जाँदा रेगुलेटर र पाइपमा अचानक आगो सल्किएको थियो ।

    onlinepatrika
    Arghakhachi

    घटना भएको जानकारी पाएपछि जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल टोली तत्काल घटनास्थल पुगेको थियो । दमकल र स्थानीयवासीको सहयोगमा आगो छोटो समयमा नियन्त्रणमा लिन सफल भएको जुद्ध बारुण कार्यालयले जनाएको छ ।

    AGNI GROUP

    आगलागीबाट ग्यास रेगुलेटर र पाइप जलेर नोक्सानी पुगे पनि अन्य कुनै ठूलो क्षति नभएको प्रहरीले बताएको छ । समयमै नियन्त्रणमा ल्याइएको आगलागीले थप जोखिम टरेको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij