Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

तत्काल पार्टी खोल्ने कुनै तयारी छैन : प्रसाईँ

तत्काल पार्टी खोल्ने कुनै तयारी छैन : प्रसाईँ

मलाई कुनै स्वार्थ छैन् । मैले पार्टी खोलेको छैन् । खोल्नैपरे पछि सोचौंला ।

  • काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले तत्काल पार्टी खोल्ने तयारीमा आफू नरहेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफूलाई पार्टी खोल्ने ,प्रधानमन्त्री र मन्त्री बन्ने कुनै रहर नरहेको भन्दै व्यवस्था परिवर्तन भए आफूलाई पुग्ने बताए ।

    AGNI GROUP

    त्यस्तै उनले आज आगोको भुङ्ग्रोमा देश खसेको भन्दै त्यहाँबाट देशलाई निकाल्न आवश्यक रहेको धारणा राखे ।
    उनले भने,‘मलाई कुनै स्वार्थ छैन् । मैले पार्टी खोलेको छैन् । खोल्नैपरे पछि सोचौंला । पार्टी खोल्ने कुनै रहर पनि छैन् । पार्टी खोल्ने, प्रधानमन्त्री र मन्त्री बन्ने कुनै रहर छैन् । व्यवस्था परिवर्तन भएपुग्छ । मैले सबै कुरा त्यागेको छु । हिजो दलहरुले चलाउँदा देश तालामा थिए । आज आगोको भुङ्ग्रोमा खसेको छ । त्यहाँबाट देशलाई निकाल्नु छ ।’

    उनले गरिबी भगाउने भनेको गरिबहरुलाई नै लखेट्ने होइन् भन्दै काठमाडौं नगर प्रहरीले भने गरिबहरुलाई लखेट्ने काम गरेको बताए ।

    ‘गरिबी भगाउने हो, गरिबहरुलाई नै लखेट्ने होइन् । किनकी गरिब, भूमिबिहीन र काठमाडौंमा गरिखान्छु भनेर आएका जतिपनि मान्छे छन् तिनीहरुको साथमा दुर्गा प्रसाईँ छ । तिनीहरुलाई केही पनि हुन दिँदैन् । काठमाडौंको नगर प्रहरीले गर्दा काठमाडौंका दोकानमा बोनी हुन छाडेको छ । प्रत्येक व्यापारीहरु डिप्रेसनका गएका छन्, ’उनले भने ।

    त्यस्तै उनले मंसिर ७ गतेको आन्दोलन सम्पूर्ण नेपालीहरुको लागि भएको भन्दै त्यसमा आफ्नो कुनै स्वार्थ नभएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij