Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाल वायुसेवा निगमले डाइभर्ट भएका विमान अबदेखि भैरहवामा अवतरण गर्ने

नेपाल वायुसेवा निगमले डाइभर्ट भएका विमान अबदेखि भैरहवामा अवतरण गर्ने

  • काठमाडौँ । नेपाल वायुसेवा निगमले अबदेखि आफ्नो जहाज डाइभर्ट गर्नुपर्ने अवस्थामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई विकल्पको विमानस्थलको रूपमा प्रयोग गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    निगमका प्रवक्ता अनिल घिमिरेले हालसम्म डाइभर्सनका लागि भारतका विमानस्थलहरू प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएकोमा सोमबारको निर्णयअनुसार अब भैरहवा विमानस्थल उपयोग गर्न सकिने व्यवस्था लागू भएको जानकारी दिएका छन् ।

    AGNI GROUP

    यसले डाइभर्सनमा लाग्ने खर्च तथा समय दुवै बचत हुने नेपाल वायुसेवा निगमले जनाएको छ ।

    यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि वैकल्पिक विमानस्थलका रूपमा उपयोग गर्न अध्ययन प्रक्रिया अघि बढाउने निर्णयसमेत निगमले गरेको घिमिरेले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij