Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बञ्चरेडाँडाका स्थानीय आन्दोलित, फोहोर बोकेका गाडी बाटोमै रोकिए

बञ्चरेडाँडाका स्थानीय आन्दोलित, फोहोर बोकेका गाडी बाटोमै रोकिए

  • काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध आएको छ । बञ्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीय आन्दोलित भएसँगै फोहोर विसर्जनमा पुनः समस्या आएको हो ।
     
    काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईका अनुसार, आजदेखि पुनः आन्दोलित हुने जानकारी महानगरलाई आएको थियो । 
    “आजदेखि ल्यान्डफिल साइटका स्थानीयले आन्दोलन गर्ने र फोहोर रोक्ने भनेका थिए । त्यसैले फोहोरका गाडीहरू रोकिएका छन्,” उनले भनिन् । फोहोर लोड भएका सयौँ गाडी काठमाडौंमै रोकिनु परेको छ ।
     
    यसअघि, धादिङको धुनिवेशी नगरपालिका–१, बन्चरे कुँडुले ल्यान्डफिल साइटका प्रभावित स्थानीयले अनिश्चितकालका लागि फोहोर विसर्जन गर्न नदिने घोषणा गरेका थिए।त्यसपछि कात्तिक १६ गते शहरी विकासमन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेर १५ दिनभित्र प्रभावित स्थानीयका माग पूरा गर्ने मौखिक प्रतिवद्धता जनाएका थिए ।
     
    तर, सरकारले पटक–पटक आफूहरूलाई माग पूरा गर्ने आश्वासन दिएको भन्दै स्थनीयले पुनः आन्दोलन सुरु गरेको धुनिवेशी नगरपालिका–१ का अध्यक्ष मानबहादुर तामाङले बताए ।“पुरानै सहमति अनुसार, काम भएन भनेर बिहानैदेखि स्थानीयले फोहोरका गाडी रोक्नुभएको छ,” अध्यक्ष तामाङले भने ।
     
    उनका अनुसार,पटक–पटक गरी अहिलेसम्म स्थानीयसँग १७४ वटा सम्झौता भएका छन् । तर, कुनै पनि सम्झौताको पूर्ण कार्यान्वयन नभएको गुनासो स्थानीयको छ ।स्थानीयले बन्चरेडाँडाका बस्तीहरूलाई तीनदेखि चार हजार मिटर पर सार्नुपर्ने, फोहोरलाई कुहिने र नकुहिने छुट्याएर मल कारखाना सुरुआत गर्नुपर्ने, गुठी संस्थानको जग्गा ९० प्रतिशत उपभोग गर्न पाउनुपर्नेलगायत मागहरू राख्दै आएका थिए ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij