Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बालाजुमा नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टर सञ्चालनमा

बालाजुमा नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टर सञ्चालनमा

  • काठमाडौं । भेस्पा तथा अप्रिलियाका नेपालका आधिकारिक बिक्रेता डेल्टा अटोकोर्प प्रा.लि.ले बालाजु, भ्याली कोल्ड स्टोरको विपरीत, सानिमा बैंक नजिकै नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

    onlinepatrika
    Arghakhachi

    नयाँ सर्भिस सेन्टरले २०८२ मंसिर १ गतेदेखि आधिकारिक रूपमा सेवा प्रदान गर्न थालेको हो, जसले ग्राहकहरूलाई बिक्री पछिको सेवामा अझै सहज पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।

    AGNI GROUP

    सर्भिस सेन्टरको उद्घाटन डेल्टा अटोकोर्प प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतोद्वारा सम्पन्न भयो । यसले काठमाडौं उपत्यकाभरका भेस्पा तथा अप्रिलिया प्रयोगकर्ताहरूसम्म सेवाको पहुँच र सहजता विस्तार गर्ने कम्पनीको निरन्तर लक्ष्यमा अर्को महत्वपूर्ण उपलब्धिको रूपमा चिन्हित भएको छ ।

    आधुनिक उपकरण, उन्नत मेशिनरी तथा व्यावसायिक रूपमा प्रशिक्षित प्राविधिकहरूसहित सुसज्जित यस नयाँ बलाजु सर्भिस सेन्टरले ग्राहकहरूलाई प्रिमियम सर्भिसिङ, मर्मत, डाएग्नोस्टिक सेवा तथा जेनुइन स्पेयर पाट्र्स उपलब्ध गराउँदै विश्वसनीय र सहज अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij