Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

नारायणी पुलमा मंसिर ५ र ६ गते राति ५ घण्टा यातायात संचालनमा रोक लगाइने

नारायणी पुलमा मंसिर ५ र ६ गते राति ५ घण्टा यातायात संचालनमा रोक लगाइने

  • काठमाडौँ । नारायणगढस्थित नारायणी पुलमा मंसिर ५ र ६ गते राति ५ घण्टा यातायात संचालनमा रोक लगाइने भएको छ।

    onlinepatrika
    Arghakhachi

    नारायाणघाट-बुटवल सडक योजना (पूर्वी-खण्ड)ले नारायणगढ  र गैंडाकोटको बिचमा रहेको नारायणी नदीको पुलमा पुग्ने (एप्रोच रोड) कालोपत्रे गर्ने कामका लागि दुई दिन राति ११ बजेदेखि बिहान ४ बजेसम्म सबै यातायातका साधन सञ्चालनमा रोक लगाउने जानकारी दिएको छ ।

    AGNI GROUP

    विभागले दुई दिन पूर्वबाट नारायणगढ हुँदै बुटवलतर्फ जाने गाडी रामनगर क्षेत्रमा र बुटवल कावासोती हुँदै नारायणगढतर्फ जाने गाडी थुम्सी क्षेत्रमा रोकिने जनाएको छ ।

    महेन्द्र राजमार्ग फराकिलो बनाइरहेको चिनियाँ ठेकेदार कम्पनीले नारायणगढ र गैंडाकोटको बिचमा रहेको नारायणी नदी किनारको सडक ( गैंडाकोट तर्फको) कालोपत्रे गर्न गाडी रोक्न लागेको जनाएको छ ।

    बुटवल-नारायणगढ सडक फराकिलो पार्ने काम अन्तिम चरणमा रहेको छ ।

    narayani1763562802.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij