Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–९ घर भएका ३२ वर्षीय भूपेन्द्र बस्नेत रहेका छन् ।
बस्नेत गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका थिए । निजलाई भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij