Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । मंगलवारदेखि उत्पन्न तनाव बढ्दै गएपछि अहिले सिमरामा प्रहरीले अश्रुग्यास र हवाई फायर सुरु गरेको छ ।
जेन-जी समूह र एमाले कार्यकर्ताबीचको झडपपछि तनाव जारी छ । त्यस क्षेत्रमा जिल्ला प्रशासनले आसपासका क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी गरेको छ ।
बुधवार कर्फ्यू आदेश जारी भएपछि पनि सडकमा प्रदर्शनरत जेन–जी समूहले टायर बालेर प्रदर्शन जारी राखेको छ ।
प्रहरी र सशस्त्रले सर्वसाधारणलाई कर्फ्यूको सूचना जारी गर्दै बाहिर ननिस्कन अनुरोध गरिरहेको छ । तर, प्रदर्शनकारीलाई सडकबाट हटाउने प्रयास भने सफल भएको छैन । सिमराको मुख्य चोकमा प्रदर्शनकारी जम्मा भएका छन् । सडकमा पैदल यात्रु देखिन्छन्, तर सवारी साधनहरू चलेका छैनन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij