Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बञ्चरेडाँडा ल्यान्डफिल साइटको अवरोध खुलाउन ११ बुँदे सहमति

बञ्चरेडाँडा ल्यान्डफिल साइटको अवरोध खुलाउन ११ बुँदे सहमति

  • काठमाडौँ । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बिसर्जन गर्ने कार्यमा भएको अबरोधको समस्यालाइ ११ बुदे निर्णय गर्दै समाधान गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    सरकार र स्थानीयबीच भएको वार्तामा सहमति गरिएको हो । वार्तामा शहरी विकास मन्त्रालय, प्रभावित धादिङको धुनिवेंसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका,काठमाडौं महानगरपालिका पदाधिकारी र स्थानीय बासिन्दाको प्रतिनिधिका रुपमा अधिवक्ता सुभास पाठकको सहभागिता थियो । 

    AGNI GROUP

    सहमतिका बुँदा:

    १- स्थानीय जनतालाई विगतमा चलाइएको मुद्धाहरुको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गर्ने ।

    २- EIA प्रतिवेदन छिटो तयार गर्नको लागि kansal Consultant Company लाई पत्राचार गरी सोको लिखित प्रतिवद्धता समेत लिने । आगामी आ.व. को बजेटमा EIA प्रतिवेदन अनुसारको जग्गा अधिकरणको लागि आवश्यक बजेट विनियजन गर्ने कार्य अगाडि बढाउने ।

    ३- बन्चरेडाँडाको स्थानीयहरुको लागि तत्काल आ.व. २०८२ / ८३ को घर टहरा तथा बालीको मुआब्जा दिनको लागि काठमाडौं महानगरपालिका लाई पत्राचार गर्ने साथ का.म.न.पा. ले समेत १ महिना भित्र बन्चरे क्षेत्रको अति प्रभावित स्थानीयलाई साविकमा सिसडोलबाट प्रभावित क्षेत्रलाई लिएको आधारमा बन्चरेको हकमा समेत सोहीलाई आधार मानी हालको मूल्यमा घर टहरा तथा बालीको क्षतिपूर्ति प्रदान गर्ने ।

    ४- फोहोर फाल्नको लागि तयार पारेको Caping layer भन्दा पनि बाहिर गएर वरपरको डाँडा कटान गरी फोहोर फालेको कारण लिचेट सिधै पानीको मुहानमा मिसिएको कारण कोल्पु खोला प्रदुषण भई स्थानीयको जीवन यापनमा ठूलो असर परेको हुँदा सो कार्य तत्काल रोकी उक्त कार्य गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउने साथै लिचेटको उचित व्यवस्थाको लागी १५ दिन भित्र विज्ञको टोली तयार गरी फिल्ड निरीक्षण समेत गरी दीर्घकालिन समाधानको बाटो अपनाउने ।

    ५- बन्चरे र सिसडोलको अति प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई विशेष कार्डको व्यवस्था वा अन्य कुनै माध्यमबाट काठमाडौँ महानगरपालिका भित्रको कुनै पनि सरकारी अस्पतालमा जुनसुकै रोग लागेमा समेत निशुल्क उपचारको व्यवस्था अबको १ (एक) महिना भित्र मिलाउने साथै शिक्षाको सम्बन्धमा समेत काठमाडौँ उपत्यका भित्रको स्कूल, कलेजहरुमा अनिवार्य कोटाको व्यवस्था अबको १ (एक) महिना भित्र गर्ने । साथै प्रभावित क्षेत्रका विधालयको भौतिक संरचना निर्माण गर्ने कार्यलाई प्राथमिकता दिने

    ६- फोहोर उत्सर्जन गर्ने नगरपालिकाहरुमा बन्चरे ल्याण्डफिल साइटका प्रभावितहरुलाई रोजगारीको अवसरका लागि मेयरस फोरम वा मन्त्रालयबाट आव्हान हुने बैठकमा एजेन्डाको रुपमा प्रस्तुत गर्ने ।

    ७- महानगरले २ वटा पालिकालाई दिँदै आएको ३/३ करोड रकमलाई वृद्धि गरि ६/६ करोड पुर्याउनका साथै अब आगामी आ.ब.मा थप गरी बेलकोटगढी नगरपालिकालाई समेत समावेश गर्न महानगरपालिकालाई अनुरोध गर्ने र फोहर उत्सर्जन गर्ने अन्य नगरपालिकालाई समेत अनिवार्य योग्दान गर्न शहरी विकाश मन्त्रालयले अनुरोध गर्ने ।

    ८- सिसडोल र कुडुले बन्चरे डाँडाको फोहरको कारण हाल सम्म विभिन्न रोग लागेर मृत्यु भएका परिवारलाई तत्काल उचित राहात दिन कार्यविधि तयार गर्ने ।

    ९- स्थानीयबाट फोहरमैला ढुवानी एवं विसर्जनमा भएको अवरोधलाइ तत्काल हटाउने र सुचारु गर्ने ।

    १०- प्रस्तावित सहमतीका बुँदाहरु लगायतका प्रभावित क्षेत्रको समस्या समाधानका लागी साथै खेलकुद लगायत भौतिक पूर्वाधारका विषयमा अनुगमन गर्न स्थानीय तहको सिफारिसमा धुनिवेंसि नगरपालिका र ककनी गाउँपालिकाबाट ३/३ जना र बेलकोटगढी नगरपालिकाबाट १ जना प्रतिनिधि भएको कार्यदल गठन गर्ने ।

    ११- तिनपिप्ले-कुमारी गल्छी सडकको निर्माण गर्ने कार्यको लागि चालु आ.व.मा बहुवर्षिय गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij