Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिकाले भारतलाई ९२.८ मिलियन डलरका दुई महत्वपूर्ण हतियार दिने

अमेरिकाले भारतलाई ९२.८ मिलियन डलरका दुई महत्वपूर्ण हतियार दिने

  • काठमाडौं । अमेरिकाले भारतलाई दुई महत्वपूर्ण हतियार बेच्ने सम्झौतालाई अनुमोदन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    अमेरिकी विदेश विभागले भनेको छ – अमेरिकाले भारतलाई ९२.८ मिलियन डलर अर्थात् लगभग ८२३ करोड रुपैयाँ बराबरको हतियार बेच्न अनुमोदन गरेको छ ।

    AGNI GROUP

    भारतलाई बेचिने हतियारहरूमा जेभलिन एन्टी-ट्याङ्क मिसाइल र एक्सक्यालिबर प्रेसिजन आर्टिलरी प्रोजेक्टाइल समावेश छन्, जसले सटीकताका साथ लक्ष्यहरूमा प्रहार गर्न सक्छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाशिंगटनमा डोनाल्ड ट्रम्पलाई भेटेको नौ महिनापछि यो सम्झौता भएको हो, जहाँ दुई देशले रक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

    यस वर्षको अक्टोबरमा, भारत र अमेरिकाबीच दश वर्षको लागि रक्षा सहयोग विस्तार गर्न एक रूपरेखा सम्झौतामा हस्ताक्षर भएको थियो ।

    यो कदम यस्तो समयमा उठाइएको हो जब भारतले रुस बाहेक अन्य देशहरूबाट हतियार खरिद गरेर आफ्नो आपूर्तिलाई विविधीकरण गर्न चाहन्छ ।

    ट्रम्पले भारतलाई अमेरिकामा बनेका थप हतियार किन्न अपील गरेको रिपोर्ट आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij