Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

मेक्सिकोकी फातिमा बोश फर्नान्डेजले जितिन् मिस युनिभर्स २०२५ को उपाधि

मेक्सिकोकी फातिमा बोश फर्नान्डेजले जितिन् मिस युनिभर्स २०२५ को उपाधि

  • काठमाडौं । मेक्सिकोकी फातिमा बोश फर्नान्डेजले मिस युनिभर्स २०२५ को उपाधि जितेकी छिन् । फातिमा बोश २५ वर्षकी छिन् ।

    onlinepatrika
    Arghakhachi

    चार राउन्ड पछि शीर्ष पाँचमा थाइल्याण्डकी प्रवीनर सिंह, फिलिपिन्सकी अतिसा मनालो, भेनेजुएलाकी स्टेफनी अब्साली, मेक्सिकोकी फातिमा बोश फर्नान्डेज र आइभरी कोस्टकी ओलिभिया यासे परे । पछि मेक्सिकोकी फातिमा बोशलाई विजेता घोषित गरियो । उनलाई मिस युनिभर्स २०२४ भिक्टोरिया थेलविगले ताज पहिराइदिइन् ।

    AGNI GROUP

    मिस युनिभर्स २०२५ मा थाइल्याण्डकी प्रविनार सिंहले दोस्रो स्थान हासिल गरिन् भने भेनेजुएलाकी स्टेफनी अब्सालीले तेस्रो स्थान हासिल गरिन् । फिलिपिन्सकी अतिसा मनालो चौथो र आइभरी कोस्टकी ओलिभिया यासे पाँचौं स्थान हासिल गरिन् ।

    शीर्ष पाँच प्रतियोगीहरू बीच प्रश्नोत्तर राउन्ड आयोजना गरिएको थियो । मेक्सिकोकी फातिमा बोशलाई सोधिएको थियो, ‘तपाईंलाई २०२५ मा महिला हुनुका चुनौतीहरू के के हुन् जस्तो लाग्छ, र तपाईं विश्वभरका महिलाहरूको लागि सुरक्षित स्थान सिर्जना गर्न मिस युनिभर्सको उपाधि कसरी प्रयोग गर्नुहुनेछ ?’

    जवाफमा, फातिमा बोशले भनिन्- ‘एक महिला र मिस युनिभर्सको रूपमा, म मेरो आवाज र शक्ति अरूको सेवा गर्न प्रयोग गर्नेछु, किनकि यस दिन र युगमा हामी यहाँ बोल्न, परिवर्तन सिर्जना गर्न र चीजहरू स्पष्ट रूपमा हेर्न आएका छौं । हामी महिला हौं र यी साहसी महिलाहरू हुन् जसले खडा हुन्छन् र इतिहास बनाउँछन् ।’

    नोभेम्बर ४, २०२५ मा स्याश समारोहको क्रममा मिस युनिभर्स थाइल्याण्डका निर्देशक नवाट इटसाराग्रिसिलले मिस मेक्सिको फातिमा बोशलाई प्रचारात्मक कार्यक्रमहरूमा भाग नलिएकोमा बेवकुफ भने । मिस मेक्सिकोले विरोध गर्दा नवाटले उनलाई हलबाट निकाल्न सुरक्षाकर्मीलाई बोलाए । यो देखेर उपस्थित सबै प्रतियोगीहरू समारोहबाट बाहिर निस्कन थाले जसमा मिस युनिभर्स २०२४ भिक्टोरिया थेलविग पनि समावेश थिइन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij