Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

रामबहादुर बम्जनको मुद्दामा तोकियो पेसी

रामबहादुर बम्जनको मुद्दामा तोकियो पेसी

  • काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा चलान भएका रामबहादुर बम्जनको मुद्दा पेसीमा चढेको छ । सर्वोच्चका अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

    onlinepatrika
    Arghakhachi

    सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएपछि त्यसविरुद्ध बम्जन जनकपुर उच्च अदालत पुगेका थिए । उच्च अदालतले जिल्लाको सुरुको आदेश सदर गरेपछि थुनामुक्त गर्न माग गर्दै दफा ७३ अन्तर्गत निवेदन लिएर सर्वोच्च आएका हुन् ।

    AGNI GROUP

    बम्जनविरुद्ध सवा ८ करोडको बिगोसहित सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो । बम्जनविरुद्ध कुल ८ करोड २७ लाख ५९ हजार ४८१ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार कैद सजाय माग गरेको थियो । 

    यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो । बम्जनलाई जिल्ला अदालतले २०८१ असारमा १० वर्ष कैद र रु पाँच लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो । 

    त्यसविरूद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन निवेदन दिएका थिए । उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गत चैत ६ गते सफाइ दिएको थियो । उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij