Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको पाँच प्रतिशतका दरले बोनस सेयर वितरण गरेपश्चात् कायम हुने सेयर पुँजी दुई अर्ब ३१ करोड ५२ लाख ५० हजारबराबरको २ः१ अनुपात अर्थात् ५० प्रतिशत प्रतिसेयर १०० अंकित दरका हकप्रद सेयर निष्कास गर्ने भएको हो ।
हकप्रद निष्कासन प्रस्ताव कम्पनीको आउँदो साधारणसभामा पेस गरिनेछ । सभाले पारित गरेपछि साबिकका सेयरधनीका निम्ति निष्कासन हुनेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij