Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट ल राष्ट्रिय यू–१९ टोलीलाई परामर्श दिन युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेका छन् ।
आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक ल राष्ट्रिय यू–१९ टिमलाई परामर्श दिन र टोलीको अनुगमन गर्न यूएई पुगेको जनाएको हो ।
“नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक स्टुअर्ट ल हाल यूएई मा जारी एसीसी मेन्स यू–१९ प्रिमियर कप २०२५ अन्तर्गत नेपाल यू–१९ राष्ट्रिय क्रिकेट टिमलाई आवश्यक परामर्श प्रदान गर्न एवम् अनुगमन गर्न यू–१९ टिमसँग आबद्ध भएको जानकारी गराउन चाहन्छौँ,” क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाल राष्ट्रिय यू–१९ टिम यूएईमा जारी एसीसी मेन्स यू–१९ प्रिमियर कपमा प्रतिस्पर्धा गर्दै छ । नेपाल समूह ‘ए’मा छ ।
नेपालले प्रतियोगितामा साउदी अरेबियासँग नोभेम्बर २५ र नोभेम्बर २७ मा हङकङसँग खेल्ने तालिका छ ।
नेपाल प्रिमियर कपको साविक विजेता समेत हो । नेपालले सन् २०२३ मा यूएईलाई डक्वर्थलेविस पद्धतिको आधारमा १९ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij