Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । जेनजी २.० राष्ट्रिय अभियानले शहीदहरूको स्मृतिमा मौनधारण कार्यक्रम आयोजना गर्ने भएको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री ओमप्रकाश अर्याललाई माइतीघरमा हुने उक्त कार्यक्रममा निमन्त्रणा गरेको हो ।
उनीहरूले हालका राष्ट्रिय शैक्षिक स्वास्थ्य, ऊर्जा, युवासम्बन्धी मुद्दा तत्काल सम्बोधन गर्न पनि माग गरेका छन् । सरकारका प्रतिनिधिहरूको उपस्थितिले युवाहरूको मनोबल बढाउने, शहीदको सपनामा सरकारको प्रतिबद्धता झल्काउने उनीहरूको ठहर छ ।
कार्यक्रममा सरकारका सबै मन्त्रीहरूलाई बोलाउने कार्यक्रम रहेको अभियानले जनाएको छ । २३ गतेको घटनाका दोषीहरूलाई कारबाही हुनुपर्ने माग गरिएको उनीहरूले बताए ।
२३ गतेका अपराधीहरूलाई समातेपछि मात्रै २४ गतेको आगजनी, तोडफोड गर्नेहरूलाई समात्न आग्रह गरेको बताएका छन् । जेनजी नै अहिलेको सरकारको पर्खाल भएको उनीहरूको दाबी छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij