Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

भारतीय रक्षामन्त्री राजनाथको अभिव्यक्ति बारे पाकिस्तानको कडा प्रतिक्रिया

भारतीय रक्षामन्त्री राजनाथको अभिव्यक्ति बारे पाकिस्तानको कडा प्रतिक्रिया

  • काठमाडौँ । भारतीय रक्षामन्त्री राजनाथ सिंहको अभिव्यक्ति विवादमा परेको छ ।  राजनाथ सिंहले पाकिस्तानको सिन्ध प्रान्त भारतमा फर्किन सक्ने विवादित बयान दिएपछि पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    पाकिस्तानको विदेश मन्त्रालयले आइतबार भारतीय रक्षामन्त्री राजनाथ सिंहको बयानको निन्दा गरेको छ । मन्त्रालयले उनको 'खतरनाक रूपमा विकृत' बयानले विस्तारवादी मानसिकता प्रतिबिम्बित गरेको बताएको छ ।

    AGNI GROUP

    राजनाथ सिंहले भनेका थिए- 'सिन्धको भूमि आज भारतको हिस्सा नहुन सक्छ, तर सभ्यताको दृष्टिकोणबाट यो सधैं भारतको हिस्सा रहनेछ। जहाँसम्म भूमिको सवाल छ, सीमाहरू परिवर्तन हुन सक्छन् । कसलाई थाहा छ, सिन्ध भोलि भारतमा फर्कन सक्छ ।'

    राजनाथ सिंहको बयानको बारेमा पाकिस्तानले भन्यो- 'यस्ता बयानहरूले स्थापित वास्तविकताहरूलाई चुनौती दिने र अन्तर्राष्ट्रिय कानून, मान्यता प्राप्त सीमाहरू र देशहरूको सार्वभौमसत्ताको उल्लङ्घन गर्ने विस्तारवादी हिन्दुत्व मानसिकतालाई प्रतिबिम्बित गर्दछ ।'

    पाकिस्तानको विदेश मन्त्रालयले भन्यो- 'हामी राजनाथ सिंह र अन्य भारतीय नेताहरूलाई क्षेत्रीय शान्ति र स्थिरतालाई खतरामा पार्ने उत्तेजक बयान दिनबाट टाढा रहन अपील गर्दछौं ।'

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij