Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । आज निर्वाचन आयोगमा बाजागाजासहित पुगेर सुनारको टोलीले दल दर्ताको प्रमाणपत्र लिएका हुन् ।
दल दर्ताका लागि उनले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए । उनको पार्टी निर्वाचन आयोगमा २१६ नम्बरमा दर्ता भएको छ ।यो पार्टीले गोलो घेराभित्र राम्रो जनाउने लाइक चुनाव चिन्ह लिएको छ ।
प्रतिनिधि सभाकाे निर्वाचन नजिकिएसँगै आयोगमा दल दर्ता गर्नेको सङ्ख्या बढेको छ । मंसिर १० गते बिहानसम्म दल दर्ताको प्रमाणपत्र लिने दलले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन पाउनेछन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij