Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इजरायलमा नौ जना शीर्ष सैन्य अधिकारी बर्खास्त

इजरायलमा नौ जना शीर्ष सैन्य अधिकारी बर्खास्त

  • काठमाडौँ । इजरायलमा नौ जना शीर्ष सैन्य अधिकारीहरूलाई बर्खास्त गरिएको छ । इजरायल रक्षा बलका प्रमुख, लेफ्टिनेन्ट जनरल इयाल जामिरले अधिकारीहरूले अक्टोबर ७, २०२३ मा हमासको आक्रमण रोक्न असफल भएका कारण बर्खास्त गरिएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सुरक्षा कमजोरीको निष्पक्ष अनुसन्धान र हमासको आक्रमणको निष्पक्ष अनुसन्धानको माग गर्दै आइतबार इजरायलमा विरोध प्रदर्शनहरू भएका तिह्ये । यसले यी अधिकारीहरूलाई बर्खास्त गर्न सरकारमाथि दबाब बढाएको थियो ।

    AGNI GROUP

    इजरायली सेना प्रमुख जामिरले यी अधिकारीहरूलाई बोलाएर उनीहरूको बर्खास्तको घोषणा गरेका थिए । बर्खास्त हुनेमा मेजर जनरल अहरोन हालिवा, मेजर जनरल ओदेद बसिउक, मेजर जनरल यारोन फिंकेलाम्यान, ब्रिगेडियर जनरलहरुमा एवी रोसेनफेल्ड, गिमेल र योसी सरियल, कर्णेल एरियल लुबोव्स्की, कर्णेल हाइम कोहेन, लेफ्टिनेन्ट कर्णेल अलेफ रहेका छन् ।          

    जामिरले विज्ञको अनुसन्धान प्रतिवेदनको आधारमा कमाण्डरहरूविरुद्ध थप निर्णय लिने बताएका छन् । यद्यपि धेरैजसो बर्खास्त गरिएका अधिकारीहरूले पहिले नै सेना छोडिसकेका छन् र कहिले मात्र आफ्नो कार्यकाल पूरा नभएसम्म आफ्नो वर्तमान पदहरूमा सेवा गरिरहनेछन् ।

    निर्णयपछि, इजरायली सेनाको कर्मचारी संघले विज्ञप्ति जारी गर्दै यी निर्णयहरू लिनु सजिलो नभएको र देशको रक्षा गर्न आफ्नो सम्पूर्ण जीवन समर्पित गरेका मानिसहरूलाई असर गर्ने बताएको छ । 

    सेना प्रमुख जामिरले भने जवाफदेहीता स्थापित गर्न असफल भयौं भने, प्रणालीमा जनताको विश्वास घट्ने हुनाले कारवाही आवश्यक भएको बताएका छन् ।

    बर्खास्त गरिएका अधिकारीहरू इजरायली सेनाका उत्कृष्ट कमाण्डरहरूमध्ये रहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij