Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

पीएचडी एसोसिएसनको अध्यक्षमा डा. पोखरेल निर्वाचित

पीएचडी एसोसिएसनको अध्यक्षमा डा. पोखरेल निर्वाचित

  • काठमाडौँ । नेपाल पीएचडी एसोसिएसनको अध्यक्षमा डा. सुन्दरी पोखरेल निर्वाचित भएकी छन् । काठमाडौँमा सम्पन्न एसोसिएसनको १७ औँ साधारण सभाबाट यसपटक कार्यसमितिका अधिकांश पद सर्वसम्मत चयन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कार्यसमितिको उपाध्यक्षमा डा. दिवस अमात्य, महासचिवमा डा. अलकबाबु प्रसाईं र सचिवमा डा. सारिका अमात्य निर्वाचित भएका छन् । कोषाध्यक्षमा भने निर्वाचनबाट डा. रामशरण थपलिया विजयी भएका छन् ।

    AGNI GROUP

    कार्यसमितिको सदस्यहरुमा डा.भोलानाथ ढकाल, डा. माला कुँवर खरेल, डा. भिष्म कार्की, डा. राजेन्द्रकुमार प्रधान, डा. रामानन्द पण्डित र डा. शान्तिकला सुवेदी निर्वाचित भएका छन् ।

    एसोसिएसनले नीति निर्माण र देश विकासमा राज्यलाई सघाउन एसोसिएसन तयार रहेको प्रस्ताव पारित गरेको छ । नेपालमा रहेका प्राज्ञिक जनशक्तिको सदुपयोग गर्न र विदेशमा अध्यययन गरेका तथा विदेशमै कार्यरत प्राज्ञिक जनशक्तिलाई नेपाल भित्र्याएर सदुपयोग गर्न सरकारलाई सुझाव पनि दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij