Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो । १ मंसिरमा निर्वाचन प्रयोजनका लागि दल दर्ता खुलेको थियो । हिजोसम्म ८० वटा दलले दल दर्ता गरिसकेका छन् ।
सोही दिन बेलुका उम्मेदवारको सूची प्रकाशन हुनेछ । मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने दिने दिन ७ माघमा हुनेछ ।
८ माघमा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गर्नेछ । पुन: उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । ९ माघमा उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् । सोही उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij