Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

रामजानकी विवाहसँगै सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न

रामजानकी विवाहसँगै सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न

  • काठमाडौं । जनकपुरमा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । मंसिर शुक्ल पञ्चमी तिथिका दिन अर्थात मंगलवार राति भगवान रामजानकीको विवाह सम्पन्न भएसँगै सप्तहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो ।

    onlinepatrika
    Arghakhachi

    रामजानकीकको वैवाहिक कार्यक्रममिथिला संस्कृतिअनुसार सम्पन्न भयो । वैवाहिक कार्यक्रममा राममन्दिरका महन्थ रामगिरीले रामका बुबा अर्थात राजा दशरथको भुमिका तथा जानकी मन्दिरका महन्थरामतपेश्वर दास वैष्णव सीताको बुवा अर्थात राजा जनकको भुमिका निर्वाह गर्नुभएको थियो । महन्थ रामतपेश्वर दास वैष्णवले कन्यादान गर्नुभएको थियो ।

    AGNI GROUP

    वैवाहिक कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजन, साधु सन्त, जनकपुरधामका प्रभावशाली व्यक्तित्वहरुको सहभागिता रहेको थियो । यसअघि विवाहपञ्चमी महोत्सव अन्तर्गत रंगभूमि मैदान बाह्रबिघामा स्वयम्वर सम्पन्न भएको थियो । राम जानकीको स्वयम्वर हेर्नका लागि श्रद्धालुहरुको जनसागर नै उर्लिएको देखियो । स्वयम्वरका लागि मिथिला दरबारको प्रतिनिधित्व गर्ने जानकी मन्दिर र अयोध्या दरबारको प्रतिनिधित्वगर्ने राम मन्दिरबाट छुट्टाछुट्टै डोला रंगभूमि मैदानमा पुगेको थियो ।

    जानकीमन्दिर डोलाको नेतृत्व जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र राममन्दिर डोलाको नेतृत्व राम मन्दिरका महन्थ राम गिरीले गरेका थिए । दुवै मन्दिरका डोलासँग साधु सन्तहरुसँगै हजारौँ श्रद्धालुहरुको पनि पनि सहभागिता थियो । स्वयम्वरको क्रममा जानकी मन्दिरका डोलासहित मन्दिरका महन्थ र पुजारीहरुले राम मन्दिरका डोलालाईविशेष पूजा गर्नुभयो । पूजापछि रामको डोलालाई जानकीको डोलाले सातपटक परिक्रमा गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij