Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

च्याउ किसान संघ काठमाडौंमा प्रदिप तामाङको सर्वसम्मत नेतृत्व

च्याउ किसान संघ काठमाडौंमा प्रदिप तामाङको सर्वसम्मत नेतृत्व

  • काठमाडौं । च्याउ उत्पादन किसान संघ नेपाल, काठमाडौं जिल्ला समितिको आज सम्पन्न महाधिवेशनले नयाँ कार्यसमिति घोषणा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    समितिले जिल्लामा च्याउ उत्पादन, प्रविधि विकास तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेको हो ।

    AGNI GROUP

    महाधिवेशनको निर्णय अनुसार प्रदिप तामाङ काठमाडौं जिल्ला समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

    किसानमैत्री कार्यक्रम र संगठन विस्तारलाई प्राथमिकतामा राख्दै उपाध्यक्षमा केपी लिम्बू, सचिवमा राज खड्का, उप–सचिवमा मोहन मगराती र कोषाध्यक्षमा प्रकाश वोगटीलाई मनोनयन गरिएको छ ।

    त्यसैगरी सदस्यहरूमा सुमन ठकुरी, गिर्ग बहादुर तामाङ, संग्राम तामाङ र रबिन गौतम रहेका छन् । समितिले २ जना महिला सदस्य पछि मनोनीत गर्ने निर्णय समेत गरेको छ ।

    समितिका अनुसार नयाँ नेतृत्वले किसानलाई प्रविधिमैत्री तालिम, गुणस्तरीय बीउ तथा कम्पोस्ट उपलब्धता, बजार समन्वय, युवा–महिला सहभागिता वृद्धि लगायतका कार्यक्रमलाई प्राथमिकतामा राख्दै कार्ययोजना अघि बढाउनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij