Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

लाइडार प्रविधि भित्र्याउन काठमाडौँ महानगरको विज्ञहरुसँग अन्तरक्रिया

लाइडार प्रविधि भित्र्याउन काठमाडौँ महानगरको विज्ञहरुसँग अन्तरक्रिया

  • काठमाडौँ । सहरको भौगोलिक अवस्थिति, पूर्वाधार निर्माण, विकास क्रियाकलाप, प्राचीन संरचनालगायतका बस्तु, सेवा पूर्वाधार तथा अवस्थाको तथ्य प्राप्त गर्न यसअघि प्रयोगमा ल्याइएका प्रविधिसँग जोड्दै लाइडार (लाइट डिटेक्सन एण्ड रेञ्जिङ्) प्रविधि उपयुक्त हुने विज्ञहरुले बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    सूचना प्रविधि विभागले आयोजना गरेको लाइडार प्रविधि र यसको काठमाडौँ महानगरपालिकामा प्रयोगको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले यस्तो सम्भावना देखाएका हुन् ।

    AGNI GROUP

    अन्तरक्रियामा सहरी योजना आयोगका सदस्यहरु, सहरी व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, वातावरण व्यवस्थापन विभाग, विपद व्यवस्थापन विभाग, सम्पदा तथा पर्यटन विभागबाट विभागीय प्रमुख, महाशाखा प्रमुख, इञ्जिनियर र प्राविधिकहरुलाई सहभागी गराइएको थियो ।  

    लेजर सिग्नल प्रयोग गरेर सुक्ष्म थ्रीडी नक्सा र डिजिटल ट्वीन बनाउने विधि लाइडार हो । भौगोलिक सतह, सरचना र वातावरणका विभिन्न बस्तुहरुको उच्च सटीक दूरी नाप, थ्रीडी मोडलिङ्, भू-आकृति विवरण प्राप्त गर्न तथा विश्लेषण गर्न (लाइडार) प्रविधिको प्रयोग हुने गरेको बताउँदै प्रविधि महाशाखा प्रमुख अशोक श्रेष्ठले भने- 'सहरी योजना, नक्साङ्कन, पूर्वाधार निर्माण, वातावरण तथा सम्पदा क्षेत्रको निगरानी र व्यवस्थापन, विपद व्यवस्थापन, स्मार्ट सिटीको विकास जस्ता कामका लागि महानगरपालिकाले प्रविधि प्रयोगमा ल्याउन सक्ने सम्भावना छ ।’

    कार्यक्रममा प्रस्तुतिकरण गर्दै, जियोमेटिक्स इञ्जिनियर कविराज रोकायाले यो प्रविधिबाट २ सेन्टिमिटरसम्मका वस्तुहरुको स्पष्ट नक्साङ्कन र नाप गर्न सकिने बताए । उनले भने- 'संरचना, अवस्थिति, वस्तु र अवस्थामा आएको परिवर्तनलाई टाइम सिरिज चेन्जेजबाट तुलना देखाउन सकिन्छ । सम्पदा निर्माण गर्ने व्यक्ति सकिँदै गएका छन्। सहरी विकास, सम्पदाको उपयोग, मौसम जस्ता कारण सम्पदा पनि परिवर्तन भएका छन् । यसबेला सम्पदाको अद्यावधिक अवस्थालाई नापसहितको अभिलेखन गर्न आवश्यक छ । यसका लागि लाइडार प्रविधि उपयुक्त हुन सक्छ ।'

    त्यस क्रममा महानगरपालिकाको सभा कक्ष, कीर्तिपुरको तिलञ्चो स्तुप, माइतीघर मण्डला चोक, बालाजु वाइसधारा उद्यानलगायत स्थानमा गरिएको थ्रीडी स्क्यान र त्यसबाट निर्माण भएको डिजिटल सामग्री प्रदर्शन गरिएको थियो । 

    यो प्रविधि इनडोर म्यापिङ् (भवन भित्रका संरचना, कोठा र सुविधाहरु), सांस्कृतिक सम्पदा (उचाइ, गोलाइ, निर्माण सामग्रीको नाप, एक बस्तुदेखि अर्को बस्तुसम्मको दुरी), पूर्वाधार (सडक, ओभरपास, पार्क, भवनको डिजिटल निगरानी, आपतकालीन व्यवस्थापन आदि) र सहरी विकास योजनामा चाप भएका क्षेत्रहरुको नक्साङ्कन, दीर्घकालीन योजना निर्माणका लागि तथ्याङ्क उत्पादनका लागि बढी उपयोगी हुने विज्ञहरुको भनाइ छ । 

    यो प्रविधि संयुक्त राज्य अमेरिका, जापान, दक्षिण कोरिया, युरोपेली मुलुकलगायत विकसित देशहरुले यसको प्रयोग गर्दै आएका छन् । स्थानीय स्तरमा वन, भू-उपयोगलगायतका क्षेत्रको सर्वेक्षण र नक्साङ्कनका यसको प्रयोग धेरै भएको देखिन्छ । 

    महानगरपालिकाले थ्रीडी डिजिटल म्याप निर्माण, सहरी पूर्वाधार व्यवस्थापन, सम्पदा संरक्षण, धार्मिक तथा पुरातात्विक क्षेत्रको अभिलेखीकरण, विपद जोखिम मूल्याङ्कन, इञ्जिनियरिङ् डिजाइन, सडक तथा भवनको सूची, स्मार्ट सिटीका लागि भौगोलिक सूचना प्रणाली निर्माणका लागि यो प्रविधि प्रयोगमा ल्याउन सक्ने छलफलमा सुझाव प्राप्त भएको छ । यसअघि कार्यान्वयनमा गरिरहेको जीआइएस-थ्रीडी म्यापिङ्, ड्रोन डीजीपीएस सर्भे, स्मार्ट अर्वन म्यानेजमेन्ट, डिजिटल गभर्नेन्स इनिसिएटिभ्ससँग अन्तरसम्बन्धित बनाउन सकिने सम्भावना पनि छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij