Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यातको सहमती

नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यातको सहमती

  • काठमाडौं । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त समितिको सातौं बैठक मंसिर ११ गते बंगलादेशको ढाकामा सम्पन्न भएको छ । बैठकले नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमती गरेको छ । हाल नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात भइरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    विहीबार सम्पन्न बैठकले सुनकोशी३ जलविद्युत् आयोजनामा लगानी प्रक्रिया अगाडि बढाउन बंगलादेशले विशेषज्ञ समिति गठन गरी मूल्याङ्कन तीव्रता गर्ने तथा संयुक्त उपक्रम शीघ्र टुंग्याउने निर्णय भएको छ ।

    AGNI GROUP

    बैठकको सहअध्यक्षता नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव श्री चरणजीवी चटौत तथा बंगलादेश सरकारको विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयकी सचिव फरहानाज ममतले संयुक्त रूपमा गरेका थिए ।

    यसअघि मंसिर १० गते बसेको बैठकमा उठाइएका प्रस्तावहरूमा यो बैठकले विस्तृत छलफल गरेको हो । बैठकको सहअध्यक्षता नेपालका सहसचिव सन्दीप कुमार देव तथा बंगलादेशका अतिरिक्त सचिव के.एम. असल रेङाले गरेका थिए ।

    बैठकमा दुई देशबीच दीर्घकालीन ऊर्जा सहकार्य, विद्युत् व्यापार, जलविद्युत् आयोजनामा लगानी, अन्तरदेशीय प्रसारण लाइनका संरचना विकास लगायतका विषयमा व्यापक छलफल हुँदै देहायका महत्त्वपूर्ण सहमति भएका छन् ।

    के के भयो प्रगति ?

    १. बंगलादेशले नेपालबाट हाल आयात गर्दै आएको ४० मेगावाट विद्युत‍्मा थप २० मेगावाट आयात गर्ने प्रक्रिया दुवै देशले शीघ्र पूरा गर्ने ।

    २. सुनकोशी-३ जलविद्युत् आयोजनामा लगानी प्रक्रिया अगाडि बढाउन बंगलादेशले विशेषज्ञ समिति गठन गरी मूल्याङ्कन तीव्रता गर्ने तथा संयुक्त उपक्रम शीघ्र टुंग्याउने ।

    ३. नेपाल-भारत-बंगलादेशबीच प्रसारण लाइनमार्फत विद्युत् विनिमयको सम्भाव्यता अध्ययन गर्ने-विशेष गरी नेपालबाट भारत हुँदै बंगलादेशका बरापुकारिया, पञ्चगढ/ठाकुरगञ्ज, भेरामारा र कोसमलला सबस्टेशनसम्म ऊर्जा प्रवाह गर्ने सम्भावना मूल्याङ्कन गर्ने ।

    ४. दुवै देशले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता सम्बन्धी आ-आफ्नो आन्तरिक प्रक्रिया पूरा गरेर हस्ताक्षर गर्ने । यस अन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा संरक्षण, चार्जिङ, रूफटप सोलार लगायतका क्षेत्रमा प्राविधिक सहयोग प्रदान गर्नेछ ।

    ५. नेपाल र बंगलादेशबीच क्षमता अभिवृद्धि कार्यक्रम शुरू गर्ने-पहिलो चरणका तालिमहरू काठमाडौंमा र दोस्रो चरण बंगलादेशमा सञ्चालन गरिने ।

    ६. नेपाल-भारत-बंगलादेश त्रिपक्षीय ऊर्जा सहकार्यसम्बन्धी: यग् मा भारतको सहमति जुटाउन दुवै देशले संयुक्त पहल गर्ने ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij