Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाले रत्न राजमार्ग वरिपरि अतिक्रमण गरी बनाइएका घर–टहरा आजदेखि हटाउन सुरु गरेको छ ।उपमहानगरले बिपीचोकदेखि धम्बोझी चोकसम्म राजमार्गदेखि २१ मिटरभित्रका अतिक्रमण हटाउने अभियान थालिएको जनाएको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टका अनुसार उक्त क्षेत्रमा अपाङ्गमैत्री संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले अतिक्रमण हटाउन सुरु गरिएको हो ।
उनले भने, ‘हरियाली प्रवर्द्धनका लागि रुख–बिरुवा समेत रोपिनेछ । डेढ वर्षभित्र गणेशमान चोकदेखि बिपीचोक र धम्बोझी चोकदेखि पुप्पलाल चोकसम्म पूर्वाधार निर्माण सम्पन्न हुनेछ ।’
उक्त कामका लागि ४९ लाख ५० हजारमा ठेक्का लगाइएको छ । उपमहानगरले अतिक्रमण हटाउने निर्णय अघि सार्वजनिक सूचना जारी गरी जग्गा खाली गर्न अतिक्रमणकारीलाई आग्रह गरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij