Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै छ ।
सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ नसकिएपछि मुद्दा आजका लागि राखिएको थियो । मधेसमा नेपालको संविधानको धारा १६८(२) अनुसारका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नलिँदै राजीनामा दिएका थिए ।
त्यसपछि दलहरूले पुन: सोही धाराबमोजिम सरकार गठनका निम्ति आग्रह गरेका थिए । तर, तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले सरकार गठनको आह्वान नै गरिनन् । काठमाडौं जाने भन्दै निस्किएर एक होटेलमा उनले मधेस प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता रहेका यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij