Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र महालक्ष्मी नगरपालिका, ललितपुरबीच नगरक्षेत्रको सुरक्षा व्यवस्थापन सुदृढ गर्न सहकार्यसम्बन्धी समझदारी-पत्र (MoU) मा हस्ताक्षर गरिएको छ ।
सम्झौताअनुसार महालक्ष्मी नगरपालिकाको क्षेत्रमा सिसिटिभी क्यामेरा जडान, सञ्चालन, मर्मत–सम्भार तथा प्राप्त सूचनाको प्रभावकारी उपयोगमा दुबै संस्थाले समन्वय गर्दै काम गर्नेछन् ।
सुरक्षा व्यवस्थापनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले गरिएको यो सहकार्यले अपराध नियन्त्रण र निगरानीमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij