Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पोखरामा यःमरी महोत्सव

पोखरामा यःमरी महोत्सव

  • काठमाडौं । पोखरामा यःमरी महोत्सव सम्पन्न भएको छ । पोखरा महानगरको वडा नम्बर ४ को आयोजनामा नेवा मिस पुच कास्कीको आह्वान तथा कला र संस्कृतिको संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन भन्ने नाराका साथ आयोजित यःमरी महोत्सव सम्पन्न भएको हो ।

    onlinepatrika
    Arghakhachi

    महोत्सवमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखराको पुरानो वस्तिका रूपमा रहेको रामकृष्ण टोल, गणेश टोल, भैरव टोल र विन्ध्यवासिनी सम्मको क्षेत्रलाई सम्पदा क्षेत्रका रूपमा विकास गर्ने गरी योजना अघि बढाइएको बताए । विकास साझेदार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा सञ्चालन गर्न लागिएका १५ वटा दिगो पर्यटन विकासका परियोजना अन्तरगत सम्पदा क्षेत्रका रूपमा यस क्षेत्रको विकास गरिने उनले बताए । 

    AGNI GROUP

    महोत्सवमा नेवारी संस्कृतिमा प्रचलित विभिन्न प्रकारका यःमरीका परिकारहरू प्रदर्शनीमा राखिएको थियो भने साँझ सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij