Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नार्कका ६ वैज्ञानिकसहित ११ कर्मचारी अध्ययन बिदापछि सम्पर्कविहीन

नार्कका ६ वैज्ञानिकसहित ११ कर्मचारी अध्ययन बिदापछि सम्पर्कविहीन

  • काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का ६ वैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहीन भएका छन् । उनीहरुलाई सेवाबाट हटाउने प्रक्रिया समेत थालिएको छ ।

    onlinepatrika
    Arghakhachi

    अध्ययन बिदा लिएदेखि अनुपस्थित हुनेहरुमा वैज्ञानिकहरु अच्युत मिश्र, नविन कुमार दंगाल, होमन रेग्मी, संजिव गौतम, देवराज चालिसे, प्रतिष्ठा अधिकारी र दिनेश बाबु थापामगर छन् । यसैगरी डा.सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ पनि अनुपस्थित छन् ।

    AGNI GROUP

    उनीहरु अध्ययन बिदामा बस्नुअघि बिदापछि हाजिर हुन आउने कबुलियतनामा गराएका थिए । तर कबुलियतनामाका सर्त समेत उल्लंघन गरेर हाजिर हुन नआएको परिषदले जनाएको छ ।

    त्यसैले स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन परिषदले सार्वजनिक सूचना निकालेर अनुरोध गरेको छ । उनीहरुको नामावली सार्वजनिक गर्दै परिषदले सूचनामा लेखेको छ, ‘‘परिषदको कर्मचारी प्रशासन विनियम, २०४९ को विनियम ४० ९२० (क)को कसुरमा नोकरी टुटेको सम्झी सेवाबाट किन अलग नगर्ने र ?’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij