Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जेन–जी सरकारले पनि हाम्रा माग पूरा गरेनः सहकारी पीडित

जेन–जी सरकारले पनि हाम्रा माग पूरा गरेनः सहकारी पीडित

  • काठमाडौँ । सहकारी पीडितहरुले प्रदर्शनलाई जारी राखेका छन् । मंसिर ५ गतेदेखि पीडितहरुले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यलयको अगाडी बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले सोमवार पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    सहकारीमा जम्मा गरेको वचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनीहरु आन्दोलनमा उत्रेका हुन् । आन्दोलनमा सहभागी भएका बनेपामा रहेको पशुपति सहकारीपीडित राजकुमार ढकालले आफ्नो १८ लाख रुपैयाँ डुबेको बताउनु भयो । उहाँले छोराछारी पढाउनको लागि राखेको रकम फिर्ता नपाएको गुनासो गर्नुभयो ।

    AGNI GROUP

    ३ वर्षदेखि सो सहकारी बन्द भएको उहाँको भनाई छ । सञ्चालक फरार भएपछि विगत ३ वर्षमा आफूहरुले रत्नपार्कमा १०८ दिन, तीनकुने ६३ दिन आन्दोलन गरेको बताउनु भयो । हाल बुद्धनगरमा मंसिर ५ गतेदेखि आन्दोलन गरिरहेको उहाँको भनाई छ । उहाँले सरकारले पटकपटक वार्ता गरेपनि आफुहरुको माग पूरा नगरेको बताउनु भयो । कतिपय सहकारी पीडितहरु डिप्रेशनको शिकार समेत बनेको उहाँको भनाई छ । उहाँले सरकारले चाहेमा सहकारी पीडितको रकम फिर्ता गर्नसक्ने बताउनु भयो । उहाँले आफू पनि डिप्रेशनको सिकार भएर औषधि सेवन गरिरहेको जानकारी दिनुभयो । उहाँले जेन–जी आन्दोलनपछि बनेको नागरिक सरकारले समेत आफुहरुको माग पूरा नपरेको बताउनु भयो ।

    प्रदर्शनमा सहभागीहरुले सहकारी पीडितलाई न्याय दे, वचतकर्ताको सम्पूर्ण वचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो, भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौँ, सम्पूर्ण पीडितको वचत फिर्ताको जिम्मा सरकारले लिनुपर्छ, सरकार समस्याग्रस्तमा राजनितिक नियुक्तिको आवरणमा दलाली गर्ने कर्मचारीलाई कारबाही खै ? लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij