Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नोभेम्बरमा नेपाल आए एक लाख १६ हजार ५५३ विदेशी पर्यटक

नोभेम्बरमा नेपाल आए एक लाख १६ हजार ५५३ विदेशी पर्यटक

  • काठमाडौँ । नेपालमा विदेशी पर्यटकको अगामन १.८ प्रतिशतले बढेको छ । गत बर्षको नोभेम्बर महिनामा भन्दा यस बर्षको नोभेम्बरमा नेपाल आउने विदेशी पर्यटकको संख्या १.८ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    यस बर्षको नोभेम्बरमा कुल एक लाख १६ हजार ५५३ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको नोभेम्बरमा एक लाख १४ हजार ४९६ पर्यटक नेपाल आएका थिए । कोभिड शुरु हुनु अघि २०१९ को नोभेम्बरमा यो संख्या एक लाख ३० हजार ३०२ रहेको थियो । 

    AGNI GROUP

    नोभेम्बर महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् । भारतबाट नोभेम्बर महिनामा १८ हजार ९९५ जना अर्थात १६.३ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै नोभेम्बरमा अमेरिकाबाट ११ हजार २५४ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ ।

    त्यसैगरी चीनबाट ७ हजार ८७१, बेलायतबाट ७ हजार १८९ जना, बंगलादेशबाट ५ हजार ६५३, अस्ट्रेलियाबाट ५ हजार ३९३ जना, श्रीलंकाबाट ४ हजार ८३१ जना, म्यानमारबाट ४ हजार ४८४ जना फ्रान्सबाट ४ हजार २११ जना र जर्मनीबाट ४ हजार १३४ पर्यटक नोभेम्बर महिनामा नेपाल आएका छन् ।

    पर्यटन बोर्डका अनुसार जनवरी देखि नोभेम्बरसम्म कुल १० लाख ६० हजार २६९ पर्यटक नेपाल आएका छन् । अघिल्लो बर्ष २०२४ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५२० पर्यटक नेपाल आएका थिए । जबकी कोरोना अघि २०१९ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ९६ हजार २९८ पर्यटक नेपाल आएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij