Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कालिकोटको नरहरिनाथमा सिंचाई कुलो निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्धा दायर

कालिकोटको नरहरिनाथमा सिंचाई कुलो निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्धा दायर

  • काठमाडौँ । कालिकोटको नरहरिनाथ गाउँपालिका तत्कालीन उपाध्यक्ष मनसोभा बुढा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, वडा नम्बर ७ का तत्कालीन वडा अध्यक्ष दल बहादुर बिश्वकर्मासमेत ८ जना उपर भ्रष्टाचार गरेको आरोपपत्र दायर भएको छ ।

    onlinepatrika
    Arghakhachi

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ८ जनाविरुद्ध गाउँपालिकाको वडा नम्बर ७ मा ओखेनी ओडीखोला सिंचाई कुलो निर्माणको क्रममा १९ लाख ४८ हजार ४८८ अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

    AGNI GROUP

    अख्तियारले उपाध्यक्ष बुढा र वडा अध्यक्ष विश्वकर्मालाई कानुन अनुसार कैद र जरिवानाको माग गरेको छ भने निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, तत्कालीन सव-इन्जिनियरहरु अमर शाही र अनिल कुमार बिष्ट, उपभोक्ता समितका अध्यक्ष नरेश बहादुर शाही, सचिव कासी बिश्वकर्मा र कोषाध्यक्ष मधु बिश्वकर्माविरुद्ध जनही  १९ लाख ४८ हजार ४८८ बिगो माग गर्दै कानुन अनुसार सजायको माग गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij