Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइदै

  • काठमाडौँ । आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइदै छ । हरेक वर्षको डिसेम्बर २ का दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयूक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रलगायत संसारभर मनाइने गरिएको छ । 

    onlinepatrika
    Arghakhachi

    यस दिवसको केन्द्रबिन्दु मानव बेचबिखन, यौन शोषण, बाल श्रमका सबैभन्दा खराब रूपहरू, जबरजस्ती विवाह, र सशस्त्र द्वन्द्वमा प्रयोगको लागि बालबालिकाको जबरजस्ती भर्ती जस्ता समकालीन दासत्वका रूपहरू उन्मूलनमा रहेको छ ।

    AGNI GROUP

    सन् १९४९ देखि यो दिवस मनाइँदै आएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनका अनुसार अहिले पनि संसारभर ४१ लाख श्रमिकलाई जबर्जस्ती जोखिमपूर्ण काम गर्न लगाइएको छ । यस्ता श्रमिकमा महिला र बालबालिकाको संख्या धेरै छन् । नेपालमा श्री ३ चन्द्र शमसेर जंगबहादुर राणाले झण्डै ९४ वर्ष अगाडि १९८३ सालमा दास प्रथा उन्मूलनको घोषणा गरेका थिए ।

    नेपालमा आन्तरिक तथा बाह्य बेचबिखन जस्ता आधुनिक दासत्व बढिरहेको यस क्षेत्रका जानकारहरु बताउँछन् । परापूर्वकालमा कुनै राज्यमा अर्को राज्यका सैनिकले विजय गरेपछि हारेको राज्यवासीलाई दास राख्ने चलन रहेको थियो।

    अझै पनि मानव तस्करी गरेर अमानवीय र जोखिमपूर्ण काम गराउने, यौन धन्दामा लगाउने, मानव अंग तस्करी गर्ने गिरोहहरुले दास प्रथाको झल्को दिने काम भैरहेको छ । कमैयाप्रथा, हलिया, कमलरी या अन्य स्वरुपका चलनहरु एकप्रकारको शोषण अनि दासताको उदाहरणका रुपमा नेपालमा कहीँकतै अझै पनि रहेको पाइन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij