Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । विरिंची कलेज आगामी डिसेम्बर ११ देखि १३, २०२५ सम्म ICT MELA 6.0 आयोजना गर्दैछ। कार्यक्रम दैनिक बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन हुनेछ, जहाँ आगन्तुकहरूले समयभित्र जुनसुकै बेला उपस्थित भई स्वतन्त्र रूपमा अवलोकन गर्न सक्नेछन्।
ICT MELA 6.0 ले नवप्रवर्तनको पूरा यात्रा-धारणाबाट समाधानसम्म बोक्नेछ। यस मेलामा विरिंचीका विद्यार्थीहरूले सफ्टवेयर, IoT, र रोबोटिक्स मा आधारित परियोजनाहरू प्रस्तुत गर्नेछन्, जसले घर देखि व्यवसायसम्म देखिने वास्तविक समस्याहरू समाधान गर्ने उद्देश्य राखेका छन्।
यस वर्षको मेलाले प्रविधिलाई मात्रै होइन, सिर्जनशीलता, उद्यमशीलता र सहकार्यलाई पनि अगाडि ल्याउँदै विरिंची समुदायको आत्मा र क्षमता उजागर गर्नेछ। मेलाले विचार, नवप्रवर्तन र प्रभाव एकै ठाउँमा अनुभव गर्न सकिने आकर्षक मञ्च प्रदान गर्दछ।
अतिथिहरूका लागि मेलामा मनोरञ्जनात्मक खेलहरू, रमाइलो गतिविधिहरू र प्रतिस्पर्धात्मक टुर्नामेन्टहरू पनि समेटिएको छ, जहाँ विजेताले क्यास प्राइज जित्ने अवसर पाउनेछन्। खेल तथा प्रतियोगिता सहभागी हुन इच्छुकहरूले www.ictmelavc.com मा गई सम्बन्धित भागमा रहेको “Register Now” क्लिक गरेर सहभागिता सम्बन्धी सम्पूर्ण विवरण र फारम प्राप्त गर्न सक्नेछन्।
विरिंची कलेजले विद्यार्थी, अभिभावक, पेशाकर्मी तथा समुदायका सबैलाई ICT MELA 6.0 मा सहभागी भई भविष्य निर्माण गर्ने नवप्रवर्तनहरू नजिकबाट अनुभव गर्न हार्दिक निमन्त्रणा गर्दछ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij