Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका व्यक्तिलाई समेत कारबाही गर्नुपर्छ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । विशेष अदालतले गरेको फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै अख्तियारले त्यसविरुद्ध पुनरावेदन दर्ता गरेको हो ।
मंसिर २०८१ मा विशेष अदालतले ३२ आरोपितमध्ये १० जनालाई मात्र दोषी ठहर गर्दै बाँकीलाई सफाइ दिएको थियो । दोषी ठहर भएकामध्ये नेपाल वायुसेवा निगमका सञ्चालक समितिका तत्कालीन अध्यक्ष तथा पर्यटन सचिव शंकरप्रसाद अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार, सदस्यहरू शिशिरकुमार ढुंगाना र बुद्धिसागर लामिछाने तथा विमान आपूर्तिमा संलग्न कम्पनीका प्रतिनिधिहरू रहेका थिए ।
तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित अन्य पदाधिकारी र १४ जना कर्मचारीलाई संलग्नता पुष्टि नहुने, बदनियत नदेखिएकोजस्ता आधारमा सफाइ दिइएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij