Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

हेटौडाको बजार क्षेत्रको सडक विस्तारमा अवरोध नगर्न प्रशासनको चेतावनी

हेटौडाको बजार क्षेत्रको सडक विस्तारमा अवरोध नगर्न प्रशासनको चेतावनी

  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले हेटौडाको बजार क्षेत्रमा सडक विस्तार हुने भएकाले मङ्सिर २० गतेसम्म सडकमा पर्ने घरहरु खाली गर्न सूचना जारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रशासनले सडक विस्तार कार्यमा केही व्यक्तिहरुले धाक धम्की दिने, जवरजस्ती पसल बन्द गराउने एवं सार्वजनिक विकास निर्माणको यस कानुन सम्मत कार्यलाई अवरोध पुयाउने गतिविधिप्रति गम्भिर ध्यानाकर्षण भएको बताउदै त्यस्तो किसिमको गतिविधि गर्ने व्यक्तिहरुप्रति पूर्ण सचेत रहेको र सडक डिभिजन कार्यालयको यस अभियानमा कानुन विपरीत कार्य नगर्न नगराउन सचेत गराएको छ । 

    AGNI GROUP

    प्रशासनले भनेको छ: 

    अत्यन्त जरुरी सूचना !!!

    सडक डिभिजन कार्यालय मकवानपुरको मिति २०८२/०८/०५ को सूचना अनुशार हेटौंडा बजार क्षेत्रको सडक विस्तारका लागि सबै तयारीहरु पूरा भै सकेको अवस्था छ । सरोकारवालाहरुको उत्साहजनक सहभागीतामा अघि बढेको यस अभियानमा सबै हेटौँडा बासीको सहयोग भै रहेको व्यहोरा हामीलाई जानकारी छ ।

    विशेष गरी व्यवसायी महानुभावहरुले मिति २०८२/०८/२० अगाडी नै आफ्ना पसलहरु अन्यत्र सार्ने, भएका सामाग्रीलाई सेल लगायतका अफरबाट बेच्ने तथा सडक विस्तार कार्यमा सहयोग गरिरहेको अवस्था समेत देखिएको एवं व्यवसायीका ति सकारात्मक क्रियाकलाप लाई केही व्यक्तिहरुले धाक धम्की दीने, जवरजस्ती पसल बन्द गराउने एवं सार्वजनिक विकास निर्माणको यस कानुन सम्मत कार्यलाई अवरोध पुयाउने गतिविधि प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भै त्यस्तो किसिमको गतिविधि गर्ने ति व्यक्तिहरु प्रति पूर्ण सचेत रहेको व्यहोरा अवगत गराउँदै सडक डिभिजन कार्यालको यस अभियानमा कानुन विपरीत कार्य नगर्न नगराउन पुनः अनुरोध गरिन्छ ।

    यदि कानुन बर्खिलाप कोही कसैले यस्ता गतिविधि गरेमा कडा कारबाही हुने व्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गराईन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij