Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । काठमाडौंको रुद्रमति पुलनजिक धोबीखोला करिडोरमा बारम्वार दुर्घटना हुनथालेपछि स्थानीय व्यवसायी तथा समाजसेवीहरूले रेलिङ राख्न सुरु गरेका छन् ।
धोबीखोला करिडोरमा रेलिङ नहुदा रातको समयमा रुद्रमति पुलनजिक बारम्वार दुर्घटना भएको र अहिलेसम्म दुई जनाको मृत्यु समेत भएकाले स्थानीय व्यवसायी तथा समाजसेवीहरूले आफ्नै खर्चमा रेलिङ राख्न सुरु गरेका हुन् ।
पुलनजिकको बाटोमा रेलिङ नभएकाले रातको समयमा झुक्किएर खोलामा खस्ने घटना बढेको स्थानीयहरूले जनाएका छन् । बारम्वार दुर्घटना हुँदा पनि सरोकारवाला निकायले चासो नदेखाएपछि आफूहरू मिलेर रेलिङ राख्न सुरु गरिएको व्यवसायी मोहन भण्डारीले बताए ।
बिहीबार बिहान रुद्रमति पुलनजिक धोबीखोला करिडोर एक व्यक्ति साइकलसहित मृत फेला परेका थिए । उनी रातको समयमा साइकलबाट यात्रा गर्दा झुक्किएर खोलामा खसेको पाइएको प्रहरीले जनाएको छ । यसअघि कार, ट्याक्सी, मोटसाइकल, पैदल यात्रु समेत खोलामा खसिसकेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij