Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस विश्वभर बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यस बर्षको अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको नारा 'प्रत्येक योगदानको महत्व' भन्ने रहेको छ । यो विषयवस्तुले सामूहिक कार्यको शक्तिलाई स्वीकार गर्दछ र ठूलो वा सानो, स्वयंसेवाको हरेक कार्यले बलियो र थप जोडिएको संसारमा योगदान पुर्याउछ भन्ने अर्थ रहेको छ ।
हरेक वर्षको डिसेम्बर ५ मा यो दिवस मनाउने गरिन्छ । नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी संघ-संस्थाले विविध कार्यक्रम गरेर यो दिवस मनाउने तयारी गरेका छन् । स्वयंसेवाको महत्वका बारे सचेतना मुलक कार्यक्रमसहित समाजमा व्याप्त असमानता हटाउन र दिगो विकास लक्ष्य प्राप्तिमा सघाउने कार्यक्रम आयोजना गरेर यो दिवस मनाउने गरिन्छ ।
रेडक्रस या अन्य सामाजिक सेवामा स्वयंसेवक भएर कार्य गरेको प्रथम अनुभव बटुलेका हन्, वा कुनै स्वार्थबिना या अझ भनौ अनुभवका लागि विशेषतः सामाजिक संस्था या सरकारी अनि निजी संस्थाहरुमा कार्य गर्नु र समाज अनि आफ्नो व्यक्तिगत गैर मौद्रिक मोह नै स्वयंसेवा हो । समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वयंसेवकहरुको ठूलो भूमिका रहेको छ । सेवाको मुख्य अर्थ नै स्वयंसेवा हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij