Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जेन जी आन्दोलन

जाँचबुझ आयोगमा काठमाडौंका तत्कालीन सीडीओको बयान जारी

जाँचबुझ आयोगमा काठमाडौंका तत्कालीन सीडीओको बयान जारी

  • काठमाडौं । जेन जी आन्दोलनमा भएको दमन र भोलिपल्टको तोडफोडबारे जाँचबुझ गर्न गठन भएको आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग बयान लिइरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    माइतीघरबाट शुरु भएको प्रदर्शन बानेश्वर पुगेर संसद भवन प्रवेश गर्न खोजेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले गोली चलाउन आदेश दिएका थिए ।

    AGNI GROUP

    सम्भवत: शुक्रबार आज बयान सकिनेछ’ जाँचबुझ आयोग सम्वद्ध स्रोतले भन्यो, ‘जेन–जी आन्दोलनमा भएको बल प्रयोग र त्यसमा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीको भूमिकाबारे उहाँसँग बयान भइरहेको छ ।

    आन्दोलनलगत्तै नयाँ सरकार गठन हुनासाथ रिजाललाई सरकारले काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट हटाएको थियो । उनी अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा छन् ।

    जाँचबुझ आयोगले उनलाई अनुमतीविना काठमाडौं उपत्यका नछाड्न आदेश दिँदै उनको पासपोर्ट समेत रोक्का राख्न सिफारिस गरेको थियो ।

    जेन जी आन्दोलन दमनमा जोडिएका अरु सरोकारवालाहरुले भने जिल्लाको शान्तिसुरक्षाको मामिला प्रमुख जिल्ला अधिकारीको हुने भएकाले उनले नै घटनाको जिम्मा लिनुपर्ने भनी लिखित जवाफ पेश गरेका छन् ।  तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीले आत्मरक्षाका लागि सुरक्षाकर्मीहरुले गोली चलाएको दावी गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij