Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

हेटौंडा सडक विस्तारविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

हेटौंडा सडक विस्तारविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

  • काठमाडौं । हेटौंडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । रास्वपा नेतृ एवं पूर्वसांसद विन्दबासिनी कंसाकारले मंसिर १६ मा दायर गरेको रिटमाथि सुनवाइ गर्दै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै पुस २ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

    onlinepatrika
    Arghakhachi

    सडक डिभिजन कार्यालय हेटौंडाले हेटौंडा बजार क्षेत्रका घरटहरा भत्काउने तयारी गरेपछि कंसाकारले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। राष्ट्रिय राजमार्ग अन्तर्गत त्रिभुवन राजपथ क्षेत्रमा उनको घर छ ।

    AGNI GROUP

    उनको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सडक विस्तारको काम तत्काल अघि नबढाउन र घरटहरा नभत्काउन ‘अल्पकालीन अन्तरिम आदेश’ जारी गरेको हो । पूर्व सांसद कंसाकारले मुआब्जा र क्षतिपूर्तिको व्यवस्था नगरी तथा कानुन विपरीत सडक विस्तार गर्न लागिएको भन्दै गत मंसिर १६ गते सर्वोच्चमा उत्प्रेषणको रिट दायर गरेकी थिइन् ।

    सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले विपक्षी सडक डिभिजन कार्यालय हेटौंडा, हेटौंडा उपमहानगरपालिका, सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय लगायत निकायलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न ‘कारण देखाऊ आदेश’ जारी गरेको हो । साथै, अदालतले दुवै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि बोलाउँदै सो अवधिसम्मका लागि ‘सुविधा सन्तुलन’ को दृष्टिकोणले कुनै पनि संरचना नभत्काउन आदेश दिएको छ ।

    हेटौंडाको मुख्य बजार क्षेत्रमा २५/२५ गज सडक विस्तार गर्ने विषय लामो समयदेखि विवादित छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij