Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइदै

  • काठमाडौं । आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वभर मनाइँदैछ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आईकाओले हरेक वर्ष डिसेम्बर ७ का दिन नागरिक उड्डयन सुरक्षा र व्यवस्थापनका विषय उठान गर्दै यो दिवस मनाउँदै आएको छ । यस बर्ष 'दिगो विकासका लागि उड्डयन: संसारलाई जोड्दै' भन्ने नाराका साथ यो दिवस मनाइदैछ।

    onlinepatrika
    Arghakhachi

    आइकाओले शिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै ले यो दिवस मनाउँदै आएको हो। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको थियो । आइकाओमा नेपालसहित १९२ राष्ट्र सदस्य छन्। नेपालमा सन् १९५७ मा नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो।

    AGNI GROUP

    आइकाओले शिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै ले यो दिवस मनाउँदै आएको हो । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको थियो । नेपालमा सन् १९५७ मा नागरिक उड्डयन प्राधिकरण स्थापना भएको हो ।

    उड्डयनको सुरक्षा, गुणस्तरीय सेवाको व्यवस्था लगायत व्यवस्थित अन्तर्राष्ट्रिय मापदण्डको हवाई क्षेत्र अनि विमानस्थलको सुरक्षा नै यसको मुख्य उद्देश्य हो । भौगोलिक अवस्था, गुणस्तरको कमी, अन्तर्राष्ट्रिय समुदायले अपनाउँदै गरेको प्रविधि अपनाउन नसक्नु अनि मानवीय त्रुटिका कारणले नेपाली आकाशमा विमान दुर्घटनाका निरन्तर समाचार आइरहन्छन् । कतिपय दुर्घटनाका कारणहरू नियन्त्रण बाहिर हुन्छ भने उड्डयनका आधार तथा नियमहरूलाई आत्मसाथ गर्न सके धेरै दुर्घटनाहरू कमी हुन सक्छ । 

    हवाई उड्डयनले संसारलाई एकसुत्रमा बाँधिदिएको छ । एउटा कुनाबाट अर्को कुना खासै पर छैन र त्यससँगै यसका चुनौतीहरू पनि आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij